चर्चित गायिका एलिना चौहानले कसिन लगनगाँठो

काठमाडौं। गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। सापकोटा बाङलुङबाट जन्ती लिएर हिजै झापा पुगेका थिए।

उनीहरु केही वर्षदेखि प्रेममा थिए। सापकोटा अष्ट्रेलिया बस्दै आएका छन्, भने एलिना पछिल्लो समयकी चर्चित गायिका हुन्।

उनको विवाहमा उनका आफन्त तथा साथीभाइका र केही गायकगायिका एवम संचारकर्मी सहभागी भएका छन्