अर्थतन्त्र सुधारका नयाँ योजनाको तयारीमा सरकार छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गरिने बताएका छन् ।

बिहीबार काठमाडौँमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताउँदै नयाँ घोषणाको तयारीमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु ।’