काठमाडौं ।
चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका चौहानको वैवाहिक सम्बन्धमा दरार आएपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् । उनले सम्बन्ध विच्छेद गरेसँगै बजारमा आएको ‘छुट्यो पिरिम’ गीतको म्युजिक भिडियो उनकै जीवनसँग मेल खाएको देख्निछ ।
गीतको शब्द डीपी तिवारीको रहेको छ भने, संगीत एंव हुकलिंग नविन शताब्दीले गरेका छन् । गीतको भिडियोमा सञ्जना गुरुङ र सञ्जय विश्वकर्मा (खिमजान)ले अभिनय गरेको देख्न सकिन्छ ।
सञ्जय विश्वकर्मा (खिमजन)को निर्देशन रहेको भिडियो सम्पादन अमृत चापागाईले गरका हुन् । दिपक गिरी सिनेमेटोग्राफर गरेका हुन् भने, कोरियोग्राफर सञ्जय विश्वकर्मा (खिमजन) नै गरेका छन् । भिडियोको सम्पादन मिक्स मास्टरिङ किस्मतको रहेको छ।