राष्ट्रिय बाणिज्य बैंकबाट ९८ हजार गायब

बझाङ राष्ट्रिय बाणिज्य बैंकबाट एकजना ग्राहकको अन्ठानब्बे हजार रुपैयाँ गायब भएको छ ।

भोजपुर जिल्ला घर भई हाल बझाङकोे सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खातामा रहेको उक्त रकम एकाएक गायब भएको हाे।

शेर्पाका अनुसार गतवर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए । बैंकका कर्मचारीहरुका अनुसार पुरानो चेक त्यही छोडेको नयाँ चेक लिएर गएका रहेछन् । आज आफ्नो खातामा रहेको रकम निकाल्न खोज्दा उक्त रकम नभेटिएपछि रुपैयाँ हराएको पत्तो पाएका हुन् ।

गत मंसिर २८ गते नयाँ चेक बनाएर लिएको भएता पनि त्यसको आठ महिना पछी पुरानो चेकवाट अनिल रोकायाको नामवाट भुक्तानी भएको देखिन्छ ।

यस विषयमा थप कुराकानी‌ बुझ्नका लागि हामीले राष्ट्रिय बाणिज्य बैंकका सुचना अधिकारी बिशनदेव जोशी संग फोन सम्पर्क गर्दा- चेकको पछाडि लेखिएको मोवाईल नम्वरमा सम्पर्क गर्दा फोन नलागेको र भुक्तानी लिने अनिल रोकायालाई सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताए ।

पिडित शेर्पाले भने ,– ‘जीवन भरको कमाई बैकमा बिश्वास गरेर जम्मा गर्दै गइयो तर बैकबाटै लाखौ रकम हराएपछि अब बैकमा पनि बिश्वास गर्न नसकिने भो ।’