काठमाडौं । भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई बाँके बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छन् ।
सुर्खेतको दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरी थियो।
उक्त उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मुना कुमारीलाई बाँके नेपालगंजबाट पक्राउ गरेको हो । उनलाई मानव बेचबिखनमा संलग्न रहेको अभियोग छ ।