रुसी सेनामा निधन भएका नेपालीको शव पठाउन नेपालको आग्रह

काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयले ती नेपालीहरूको शव दिन भन्दै रुसलाई पत्रमार्फत नेपाल पठाउन अनुरोध गरेको छ ।

मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको भन्दै ती नेपालीहरूको शव यथाशीघ्र पठाउन र क्षतिपूर्ति दिन रुसलाई आग्रह हो ।

रुसी सेनामा भर्ना भएका सन्दीप थपलिया, रुपक कार्की, देवान राई, पितम कार्की, राजकुमार रोका र गंगाराज मोक्तानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।