एनसेल खरिद-बिक्री प्रकरण : अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

काठमाडौं । एनसेलको सेयर खरिद विक्री प्रकरणमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

गोकुल बहादुर रोकायाले रिटमा दायर गरेका थिए ।

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

एनसेल खरिद-बिक्री प्रकरणमा अभिलेखीकरण अदालतको आदेश यस्तो छ ।