अभिनेता पलविरुद्धको बलात्कार मुद्दा फेरि ब्यूँतियो

काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाहविरुद्धको मुद्दा ब्युँतिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो।

शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।