काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई दिने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई दिने तयारी गरेको हो।
म्यानपावर व्यवसायीहरूले ई-७ भिसामा आफूहरूले श्रमिक पठाउन पाउनु पर्ने माग मन्त्रालयमा पेस गरेका थिए। उनीहरूले ई-७ भिसा इपिएस प्रणालीभन्दा फरक भएको र यो प्रणालीमा आफूहरूले श्रमिक पठाउन पाउनुपर्ने माग राखेका हुन्।
म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसामु १९ बुँदे माग पेश गर्दै ई-७ भिसामा सिपयुक्त श्रमिक आफूहरूले पठाउन पाउनुपर्ने उल्लेख गरेका थिए। अहिले कोरियाले इपिएस प्रणालीमार्फत् श्रमिक लैजाँदै आएको छ। इपिएसमा सरकारी संयन्त्र९जिटुजी० मार्फत् लगिरहेको छ। नेपालसँगै १६ मुलुकहरूबाट श्रमिक लैजाने गरेको छ।