वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भन्दै ६ लाख १८ हजार ठगी गरेको आरोेपमा पोखराका प्रकाश गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

गुरूङले एक जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार तलब हुने भन्दै प्रलोभनमा पारी पटक–पटक गरी उक्त रकम ठगी गरेकाका हुन्।

गुरूङलाई उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।