ललिता निवास जग्गा प्रकरण : फैसाला आजै आउने सम्भावना

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने हुने सम्भावना बढेको छ ।

गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ ।

पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छदार, पुर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीन बहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।