काठमाडौं । गाडी चालकलाई अपशब्द गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।
एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।
भिडियोमा उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग सुन्न पाइन्छ । गाडीमै सवार एक जना महिलाले दाइ(दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग भएको पाइन्छ।
उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।