काठमाडौं। बालिकामाथि बलात्कार गरेको आरोपमा पूर्वलडाकु हरि श्रेष्ठ पक्राउ परेका छन् । मकवानपुरकी एक बालिकामाथि बलात्कारी गरेकोआरोपमा छिमेकी जिल्ला सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर श्रेष्ठ पक्राउ परेका हुन् ।
पीडित पक्षको जाहेरी अनुसार श्रेष्ठले फागुन ४ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सिन्धुली मरिन गाउँपालिका ७ का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धानको लागि हाल जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । अहिले उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सचिवालय सदस्य छन् ।समाचार स्रोत, राजधानी दैनिकबाट