विपन्न परिवारले पाए ग्यास चुल्हो

बाँके। खाना पकाउन दाउराको पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका ५ का २ सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ । वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ २ सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताए ।

ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ । ग्यास चुलो पाएपछि खुसी हुँदै स्थानियले ग्यास सिलिण्डरको समेत आशा गरेका छन् ।