सुन तस्करीलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने निर्देशन दिएका छन् ।

गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीलगायतलाई आइतबार गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । यसका लागि आइतबारबाटै प्रक्रिया थाल्न सम्बन्धित् पक्षलाई उनले निर्देशन दिएका हुन् ।

साथै उनले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रियाअघि बढाउन समेत निर्देशन दिएका छन् ।