डीएसपी ठगबहादुर केसीलाई २ वर्ष कैद

काठमाडौं। बर्खास्तमा परेका नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष जेल सजाय र ८ लाख ५० हजार जरिवानाको फैसला सुनाएको हो ।

डीएसपी केसी ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देही कार्यरत रहँदा बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग भएको थियो ।

केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध १८ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।