नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं। गढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदै छन् ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ९ब्रिज० र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।