तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्डकाे ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । नेपाल संगीत उधोग संघद्वारा आयोजित ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

‘नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान’ भन्ने मुल नाराकासाथ तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनाले काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा भव्यताकासाथ सम्पन्न भएको हो ।

नेपालको मौलिक कला संस्कृतलाई बचाइ राख्न यस्ता अर्वाडहरुले ठूलो भूमिका राख्ने नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले बताए । संघ संस्थाहरुले मात्रै यस्ता देशकै ठूलो अवार्ड कार्यक्रमहरू गर्न खर्चिलो र गाह्रो हुने हुँदा नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न राज्यले सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।

मन्त्री परिषद्का पूर्व अध्यक्ष एंव पुर्व प्रधानन्यायाधीस रेग्मीको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच सर्वोत्कृष्ट, जुरी, पप्लिक च्याईस, लगायत अन्य गरेर ६६ विधामा अवार्ड वितरण गरिएको जानकारी कार्यक्रम संयोजक जानकी थापा मगरले बताईन् ।

नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बर्द्धन, प्रवर्द्धनका साथै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरुमा क्रियाशिल रहेर यस क्षेत्रमा योगदान पुर्याउनेहरुलाई अवार्डप्रदान गरिएको महासचिव जीत सागर रावतले बताए ।

नेपाल संगीत उधोग संघद्वारा आयोजित अथक शान्त साधक बिश्वनाथ केडिया तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८१ को फाइनल अवार्ड कार्यक्रममा नरेश लाल श्रेष्ट, निराजन बहादुर चलाउने, पशुपति पाण्डे, नानिराज घिमिरे, हरी कार्की, भक्त हमाल लिलेन्द्र प्रधान, डा सुवोत गुप्ता, रितेश लामिछाने, राज कार्की, सदिश श्रेष्ट, पदम खड्का, हिमाल बहादुर राना, बिनोद प्रशाद तिवारी, राजेन्द्र संग्रौला, प्रकाश सिंह कार्कीलगायतलाई व्यवसायीक सम्मान २०८१ बाट सम्मान गरिएको थियो ।

अथक सान्त साधक बिश्वनाथ केडिया तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८१को फाइनल अवार्ड कार्यक्रममा कुमार बस्नेत, उदय सोताङ राई, मनिला सोताङ र हरी गोपाल प्रधानलाई दशक गायक सम्मान २०८१ बाट सम्मान गरियो । त्यसैगरी, कमला सुवेदी र सावित्री खड्कालाई महिला उद्यमी सम्मान दिएको थियो भने, ईशा लोहागुन कौशललाई महिला ध्वनी सम्पादक सम्मान लिन सफल भईन्।

गायिका सीता देवी दुरा र गीतकार रमेस परियारलाई AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८१ को फाइनल अवार्ड कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल बायुसेवा निगम, चिरायू नेश्नल अस्पताल, मेडिकल ईन्सिच्यूट, कृषि बिकास बैक, मेरो माईक्रो फाईनान्स, मोनिका हयान्डी क्राफ्ट, यूनिक फ्रेट इन्टरनेस्नल प्रालि, बि एफ डियर हिल सुज, टाईगर ब्रुअरी, एभेन्टोजलाई धन्यवाद पत्र प्रधान गरिएको थियो ।

मन्त्री परिषद्का पूर्व अध्यक्ष एंव पुर्व प्रधानन्यायाधीस खिलराज रेग्मी ज्यू प्रमुखको प्रमुख आतिथ्यता रहेको थियो भने, नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल ,उपाध्यक्ष जोत्सना श्रेष्ट र पुर्व उपाध्यक्ष दिनेश श्रेष्टको रहेको थियो । केन्द्रीय सदस्यहरु, नरेशलाल श्रेष्ट, भक्त हमाल, नानिराज घिमिरे, लिलेन्द्र प्रधान, पशुपती पाण्डे, हरी कार्की, संघका पूर्व अध्यक्ष रुपेश कुमार श्रेष्ट, पदम बहादुर बुढा, कबि बिशु कुमार केसी , गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, नेपाल साङ्गितिक संघका अध्यक्ष मिलन मोक्तान, गीतकार बि पाण्डे,संगीतकार बसन्त साप्कोटा, संगीतकार अष्ट लामा, कीर्तिपुर उवा सघका अध्यक्ष राज्यलक्ष्मी शाक्यलगायतको आतिथ्यता रहेको थियो ।

सर्वोत्कृष्ट अवार्ड पाएका व्यक्तिहरुको नामवली

१, सर्वोत्कृष्ट भिडियो सम्पादक
रविन विक – म मरेर के भो

२, सर्वोत्कृष्ट भिडियो निर्देशक
काजिश श्रेष्ठ – तिमी र म जाम माया घुम्न

३, सर्वोत्कृष्ट एरेन्जर
कृष्ण के.सी – तिमी नबोलेकै राम्रो

४, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
भद्र वली – पक्कै अब बन्छ साक्षर नेपाल

५, सर्वोत्कृष्ट -पन्चे बाजा गीत
लक्ष्मी रेग्मी –बुढेसकालले छुन्छ

६, सर्वोत्कृष्ट भिडियो सम्पादक (जुरी अवार्ड)
मिराज अर्याल – बन्दी पुरैमा

७, सर्वोत्कृष्ट एरेन्जर (जुरी अवार्ड)
मनोज थापा मगर – भागी जाने सल्ला

८, सर्वोत्कृष्ट एरेन्जर (जुरी अवार्ड)
मनी तामाङ – कान्छी

९, सर्वोत्कृष्ट गायक पुरुष (नव)– आधुनिक गीत (जुरी )
अजेश पौडेल – फाटेको लुगा

१०, सर्वोत्कृष्ट शब्द रचना (पुरुष) – आधुनिक गीत (पब्लिक च्वाईस)
राजेश एकल – हाँस्नु पर्छ जिन्दगीमा

११, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत (पब्लिक च्वाईस)
डा. आश बहादुर तामाङ – हे वीर जाती जन्माउने

१२, सर्वोत्कृष्ट गायक – सालैजो गीत
रोशन राना (युवराज मगर) – गोरखपुरे रेलैमा

१३, सर्वोत्कृष्ट मगर गीत
दिपेन्द्र आले मगर – हिले खबर

१४, सर्वोत्कृष्ट देउडा गीत
निरज कुमार सुनार – झुप्पा तोम्रै मायाले

१५, सर्वोत्कृष्ट गायक – तामाङ गीत
अर्पन थिङ् तामाङ् – चु तिङ

१६, सर्वोत्कृष्ट तामाङ गीत
कृष्ण तामाङ् – नोब नोब जुत्ता तक तक हिल

१७, सर्वोत्कृष्ट गायक – देउडा संघ (जुरी )
अशोक कुमार सिंह – राराको काखमा

१८, सर्वोत्कृष्ट गायक – सालैजो गीत (जुरी )
सुदिप सिन्जाली मगर – रिमै

१९, सर्वोत्कृष्ट गायक – देउडा संघ (पब्लिक च्वाईस )

महेश कुमार औजी – लैजा परान

२०, सर्वोत्कृष्ट मोडल (पुरुष) –तामाङ संघ (पब्लिक च्वाईस )
राम सिंह तामाङ – भेटैमा भयो

२१, सर्वोत्कृष्ट मोडल पुरुष –तामाङ संघ (जुरी अवार्ड)
कर्मा वाङ्गेल पाईन – छाता कुसी

२२, सर्वोत्कृष्ट गायक –तामाङ संघ (जुरी अवार्ड)
जगत कुमार थिङ – च्याङवाले मन परायो

२३, सर्वोत्कृष्ट शब्द रचना – पप गीत (जुरी अवार्ड)
माधवराज खरेल – फुरफुर पुतली

२४, सर्वोत्कृष्ट गायक – पुर्वेली गीत
सन्तोष तिवारी– बाचुन्जेल सम्म

२५, सर्वोत्कृष्ट मोडल पुरुष (नव) – लोकदोहोरी गीत
चिरन्जी गीरी – कस्तो मायाँ

२६, सर्वोत्कृष्ट मोडल महिला (नव) – लोकदोहोरी गीत
सुस्मिता खत्री – गुल्मी जिल्ला ईश्मा दरवार

२७, सर्वोत्कृष्ट मोडल महिला (नव) – आधुनिक गीत
झरना नेपाल – कठपत्याको ठन्डा पानी

२८, सर्वोत्कृष्ट गायक पुरुष (नव) – लोकदोहोरी गीत
सचिन भट्टराई – छायाँ सीसाको

२९, सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (जुरी अवार्ड)
राजेश पल लिम्बु – ए कान्छी तिमी

३०, सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (पब्लिक च्वाइस)
धन बहादुर दमाई (दिपक लाखे) – चोखो मायाँ लाउँ साईला

५८, सर्वोत्कृष्ट गायक – आधुनिक गीत
पदम् राई – बाटो घुमाउरो

५९, सर्वोत्कृष्ट मोडल पुरुष (नव) – आधुनिक गीत
आनन्द सिंह – फुल बुट्टे सारी

६०, सर्वोत्कृष्ट संगीत –आधुनिक गीत (पब्लिक च्वाईस )
शंखर थापा स्माइल – तिम्रो आउने पालो

६१, वर्षको सर्वोत्कृष्ट गायक – लोकदोहोरी गीत
हुम गैरे – इतिहास

६२, सर्वोत्कृष्ट गायक –आधुनिक गीत (जुरी )
नरहरी प्रेमी – घर छोडेको मान्छे

६३, सर्वोत्कृष्ट गायक –लोक दोहोरी गीत (पब्लिक च्वाईस)
जगत बहादुर घर्ती – माया गर्ने मुटू

६४, सर्वोत्कृष्ट गायक –लोक दोहोरी गीत (पब्लिक च्वाईस)
बद्री सापकोटा – बसबस पियारी

६५, सर्वोत्कृष्ट गायिका (नव) – आधुनिक गीत (जुरी)
खुशी थुलुङ – कति मिठो राम साईला कुवाको पानी

६६, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत (पब्लिक च्वाईस)
धनु ग्याङमी – देश निर्माणको संंकल्प