काठमाडौं । अस्ट्रेलियामा बस्ने नेपालीहरूको साझा संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशन सम्पन्र्न भएको छ ।
नेपाली जनप्रगतिशील भिक्टोरिया राज्य समितिले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ, भने उपाध्यक्षमा डीबी थापा निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा श्याम पौडेल, सहसचिवमा हिक्मत रानमगर, कोषाध्यक्षमा मनोज पौडेल निर्वाचित भएका छन् ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका उपाध्यक्षमा डीबी थापाले बताए । चितवन जिल्लामा जन्मिएका उपाध्यक्षमा थापाले अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका छन् । उनले नेपाली गीत संगीतका अग्रज श्रस्ट्रा र देश तथा विदेशमा दजनौ कार्यक्रमको कुसलतापूर्वक संयोजन गर्न सफल भएका व्यक्ति हुन् ।


























