काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमणमा आएकी जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फर्किएकी छन् । उनी गएराती स्वदेश फिर्ता भएकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।
आइत बिहान काठमाडौं आएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यस्तै उनले परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डलसँग छलफल समेत गरेकी थिइन् ।