चट्याङ र आगलागीले बैशाख महिनामा २७ जनाको मृत्यु

काठमाडौं ।  आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।

वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ तथा  चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका छन् भने,९० जना घाइते भएका छन् ।