काठमाडौंमा एक युवकको हत्या

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा शनिबार राति एक युवकको हत्या भएको छ ।

मोरङको शनिश्चरे नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९ पिंगलास्थनमा कोठा लिइ बस्दै आएका शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर हत्याको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले बताएको छ ।पक्राउ परेका चारै जना नाबालिग रहेको छन् ।