काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट आइतबार साँझ काठमाडौं उत्रिएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । सुनको कति मात्रा छ भन्ने खुलेको छैन ।