बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व ९करबाहेक० विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

सरकारको आगामी आव २०८१–८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवनकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गरेका थिए ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।