एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी फेल 

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।  परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी  मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् । उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ पढ्न पाउने छैनन्। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ। सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था अनुसार बहुसंख्यक विद्यार्थी कक्षा ११ पढ्न रोकिएका हुन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्।

कक्षा ११ पढ्न विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ। ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्ने व्यवस्था छ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) हुनेछ।  यस पटक १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । परीक्षा नियन्त्रकका अनुसार २ सय २१ जनाको परीक्षा रद्द भएका छन् ।