पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी मृतकका बुबा रमेश किक घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।