‘प्रभु प्रकरण’, शेरचनले जलाए ससुराकाे जानकी कलेजलाई दिएको ऋणका कागजात

प्रभु बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तबारेको विवाद थप उत्कर्षमा पुगेको छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले थप चलखेल गर्दै जानकी मेडिकल कलेजलाई दिएको ऋणबारेको कागजातहरु जलाएसंगै यो बिषय झन संकास्पद देखिएको हो ।

वहालवाला (सीईओ) शेरचनले आफ्ना ससुराको लगानी भएको जानकी मेडिकल कलेजको भ्यालुएसन लगायत थुप्रै कागजात जलाएको छ।

तेस्रो कार्यकालका लागि उनको नियुक्त प्रक्रिया बैंक तथा वित्तीय संस्था सम्बन्धि सरासर ऐन कानूनविपरीत भएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएपछि शेरचन अनेक चलखेलमा लागेका हुन्।

शेरचनसहित १७ विपक्षीविरद्धको मुद्दामा अदालतले सोमवार ‘अन्तिरिम आदेशको छलफलका’ लागि बोलाएको छ ।

मुद्दाबारे छलफल चलिरहदा शेरचन कहिले शक्ति केन्द्र धाउने कहिले न्याय किन्न खोज्ने र, कहिले दस्तावेज जलाउने सम्मका तिक्डम गरिरहेका छन् ।

प्रभु बैंकको संचालक समितिले गरेको निर्णय बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन कानूनको बर्खिलाप रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी हुन् ।

प्रारम्भिक सुनुवाइ गरेर अदालतले अन्तिरम आदेशको छलफलका लागि बोलाएकोमा, ‘छल्न र फल प्राप्ति’का लागि संचालक समिति निर्णय कपि नै नलिई अदालत उपस्थित भएपछि निर्णय नै प्रभावित गराएका शेरचन (न्वारान)देखिको वल लगाई न्याय किनबेचमा उत्रिएको प्रष्ट भएको छ।