एजेन्सी । डोनाल्ड टस्कले पोल्यान्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् ।
टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्यान्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।
टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्यान्डको संसद्को तल्लो सदन सेज्मले प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।