काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सुर्खेतका होमनाथ योगी बाँकेका नौ जनाबाट पैसा लिएर फरार भएका छन्। उनले वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजारसम्म लिएका योगी सम्पर्कविहीन भएपछि खजुराका नौ जना चिन्तित भएका छन्।
नेपालगञ्जमा पत्रकार खोज्दै आएका अमरबहादुर र गोपालबहादुरले दुबई पठाइदिने भनेर काठमाडौं बोलाएर योगीले एक महिनासम्म काठमाडौंमा बसाइ अरू पैसा खर्च गराएको बताएका छन् । सबै जनाले योगीको नाममा बैंकबाट पैसा पठाएका छन्। पैसा पठाएको प्रमाण भएपनि व्यक्ति नभेटिएपछि उनीहरू उनीहरु कानुनी बाटो खोजिरहेका छन्।