ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन। चितवनको रत्ननगर नगरपालिका नजिकै ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश २-०३-००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।