काठमाडौं । शुक्रबारबाट नेपालमा सबै हलमा रिलिज भएको चलचित्र ‘महाजात्रा’को व्यापार नेपालभर १ करोड २३ लाख भएको रिपोर्ट बक्स अफिसका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताएका छन् ।
चलचित्रको प्रदर्शन दोस्रो दिन शनिबार नेपालमा एक दिनको व्यापार मात्र २ करोडभन्दा माथि हुने भनाइ वितरकको रहेको अभिनेता बानियाँले बताए। उनका अनुसार यो चलचित्र अहिले विदेशका ४० वटा मुलुकका २ सय ५० वटा सहरमा पनि प्रदर्शन भइरहेको छ ।
यस्तै, शनिबारनै अस्ट्रेलियाको सिड्नी, होवर्ट, क्यानेरा, मेलवर्नलगायतका सहरमा ओठवटै सो हाउसफुल भएको पनि उनले जानकारी गराए, ‘उता बेलायतमा शनिबार मात्र २४ वटा सो भएको अन्तर्राष्ट्रिय वितरकले जानकारी गराएका छन् ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ,अरविन खड्कालगायतको अभिनय रहेको छ ।