काठमाडौं । नेपाल प्रहरीमा जनपदका ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार प्रहरी आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।
डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।