पत्रकार उमेश विश्वकर्मालाई राष्ट्रिय पत्रकारिता सम्मान

काठमाडौं । नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को ग्राण्ड फिनालेमा पत्रकार उमेश विश्वकर्मालाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डको अवसर पारेर पत्रकार विश्वकर्मालाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको हो ।

‘नेपाली गीत, संगीत कर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो ।अर्वाड वितरण कार्यक्रममा विभिन्न विधामा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो भने, श्रष्टा, नारी उद्यमी, व्यवसायी, आईटी,पत्रकार तथा बिशिस्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान गरिएको थियो ।