काठमाडौं । निर्देशक बसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाईं साहेव’ निर्माण गर्न घोषणा गरेका छन् । यो चलचित्रलाई आगामी १५ बैशाखबाट छायाँकन सुरु गर्ने उनले बताएका छन् ।
यो चलचित्रमा अभिनेताको रुपमा जितु नेपाल अनुबन्धित भएका छन् । अभिनेत्रीको रुपमा फिल्ममा नीति शाह अनुबन्धित भएको उनले जनाएका छन् । यो चलचित्रमा जितु र नीतिलाई जोडीको रुपमा देख्न पाईने भएको छ ।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्मातामा राज कुमार पण्डित रहेका छन् । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।