काठमाडौं। नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो।
सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई हजार ५०५ रिक्त पदमा आवेदन मागेको हो। जेठ ५ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा भनिएको छ ।
































