चट्याङ लागेर बालकको मृत्यु

काठमाडौं । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–७ का गौरव भण्डारीको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको स्थानीयले जनाएका छन् ।