काठमाडौं । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच बुझ आयोग बनाउने भएको हो ।आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।
आज दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चिनियाँ यात्रु रहेका थिए ।