काठमाडौं : पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले भोलि १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो। सरकारले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो। यस्तै मन्त्रिपरिषदले लाल आयोगले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
































