प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिएका छन् ।
नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उनले कानुन अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी कानुनी मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्ने बताए ।
सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्यायप्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ ।
































