काठमाडौँ : अर्थ मन्त्रालयले मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड निकासा गरेको छ।
मन्त्रालयले मङ्गलवार स्वास्थ्य बीमाको भुक्तानी सहित केन्द्रलाई समेत थप रकम निकासा गरेको हो।
मन्त्रालयका अनुसार स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड निकासा भएको छ। यसमा स्वास्थ्य बीमा बोर्डलाई मात्र तीन अर्ब रकम रहेको छ।
ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि २४ करोड निकासा गर्नेबारे अर्थमन्त्री विष्णु पौडेलले निर्णय गरेका हुन्।
































