सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस इभीको एक सयभन्दा बढी युनिट बिक्री तथा १० लाख बढी किलोमिटर उत्सव मनाएको छ।
नेपालका साना तथा मध्यम उद्यम (एमएसएमई) र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस इभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ।
हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउन टाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस इभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन, र इटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ।
टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।































