काठमाडौं- भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।भारतका प्रधान न्यायाधीश सञ्जीव खन्ना र नेपालका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
दुवै पक्षबीच बलियो न्यायिक सहयोगलाई अझै मजबुत बनाउनका लागि एक संस्थागत संरचना पनि तयार गर्ने सहमति भएको छ ।