काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी पन्त बीच वार्ता सुरु भएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भएको बताएका छन् ।
वार्तामा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलनकी संयोक नानुमाया पराजिुली लगायतका शिक्षकहरु सहभागी छन् । शिक्षा मन्त्रीसँगको वार्ता अघि शिक्षकहरुले आन्तरिक छलफल पनि गरेका थिए ।
यसअघि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँग सहमति नजिक पुगेको बताएका थिए । मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता गुरुङले एक दुई दिन भित्रै शिक्षकहरुको माग सम्बोधन हुने बताएका थिए ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।