प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बने

प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बनेका छन्।

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन्।

प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए।

यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन्।