काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।
रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् ।
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । गौतम सहित दुईजनाले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्य विरुद्ध र ज्यान सम्बन्धी कसुरका ५० जना प्रतिवादीहरू मध्ये प्रसाईँ सहित ३९ जना थुनामा छन् ।