चितवन । चितवनका विभिन्न स्थानमा आइतबार ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
यसैगरी मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ बजे देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ६ बजेदेखि राती ९ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । यसैगरी जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि दिउँसो ३ बजे र बेलुका ९ बजेदेखि राती १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
केन्द्रले जारी गरिएको सूचनामा केन्द्रबाट वितरण गरिएको लाइन अन्तर्गत भरतपुर १३२/३३ के.भी. सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पियरभन्दा बढी विद्युत प्रवाह सहन नसक्ने (क्षमताले नधान्ने) अवस्थाले लोड व्यवस्थापनमा समस्या आएको उल्लेख छ।
अत्यधिक गर्मी र सिँचाइको समयमा कृषकको माग उच्च हुँदा विद्युत लोड ४५० एम्पियरसम्म पुगेको केन्द्रले जनाएको छ । समस्या समाधान गरेर लोड व्यवस्थापन हुँदै जाँदा तोकिएको समय अगावै पनि बिजुली आउन सक्ने केन्द्रले जनाएको छ ।
































