३३ एसएसपीको सरूवा

नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ।

सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका बालेन शाहले ३३ जनाको सरूवा गर्ने निर्णय गरेका हुन्।

यस सरूवामा जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रमुख समेत फेरिएका छन्।

काठमाडौंमा दिलिप घिमिरे र ललितपुरमा तुलबहादुर केसीको सरूवा भएको हो। काठमाडौंमा रहेका एसएसपी रमेश थापा र ललितपुरमा रहेका होबिन्द्र बोगटीको सरूवा भएको छ।

त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालाको सरूवा भएको छ। यहाँ रहेका नवराज अधिकारीको काजमा साइबर ब्युरोमा सरूवा भएको हो।