प्रतिनिधिसभा बैठक : सांसदको प्रश्नमा ३ मन्त्रीले जवाफ दिने

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगका विषयमा मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले उतर दिनेछन् ।

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउने छन् ।

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्र को प्रावधान माथी सदनमा छलफल गरियोस तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।