आइसीसी टी-२० विश्वकप आजदेखि शुरु

काठमाडौं। आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् ।

विश्वकपको पहिलो दिन दुई खेल हुने भएको छ। आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुने छ ।  त्यस्तै दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन् ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् ।

२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समुहमा बिभाजन गरिएको छ । समुह चरणको खेलपछि हरेक टिमका शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।