काठमाडौं । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको छ ।
विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको हो ।
नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालले अब आफ्नो दोस्रो खेल जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।